धनगढी– कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।
गाउँपालिकामा कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो।
गाउँपालिकामै कार्यरत महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
उपाध्यायलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
डर देखाएर उपाध्यायले आफूलाई जबरजस्ती करणी गर्दै आएको कर्मचारीको आरोप छ।