शनिबार, भदौ १३, २०८३

डा. केसीलाई मध्यरातमा जबरजस्ती लगियो अस्पताल

चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

जुम्ला- चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ ।

करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

१९ औं सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै डाक्टरहरुले चिन्ता ब्यक्त गरेपछि अस्पताल लगिएको प्रहरीले स्पष्टीकरण दिएको छ । नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनी अस्पताल जान मानेका थिएनन् ।

अस्पताल जान नमानेका डा केसीलाई राति नै लछारपछार पारेर प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगीहरुले बताएका छन् ।

उनले प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

डा केसी मुलुकको स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार माग गर्दै ७ दिनदेखि जुम्लामा अनशनरत छन् । लामो समयदेखि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित: Sep 20, 2020| 02:32 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।