शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, यस्ता छन् एजेन्डा

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, यस्ता छन् एजेन्डा

पहिलो पटक पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्न लागेको हो ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

पहिलो पटक पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा आज सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

शुक्रबारका लागि डाकिएको बैठक आकस्मिक रुपमा स्थगित गर्दै आज (आइतबार)का लागि सारिएको थियो । आज बस्ने बैठकमा भदौं २६ गते स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनका विषयमा छलफल हुने भएको छ।

उक्त बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने भन्ने उल्लेख गरिएकाले यसैको वरिपरी रहेर छलफल चलाइने छ ।

यस्तै आजको बैठकमा स्थायी समिति बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल पनि छलफल हुने भएको छ ।

पेरिसडाँडामा बैठक बस्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको छ ।

प्रकाशित: Sep 20, 2020| 01:54 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।