शनिबार, भदौ १३, २०८३

क्यान्सर अस्पताल भरतपुरका कर्मचारी नहरमा मृत भेटिए

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

चितवन- विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।

सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ वजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो । शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरे । उनको हत्या भएको हुनसक्ने अस्पतालको आशंका छ ।

प्रकाशित: Sep 20, 2020| 01:34 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।