काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाको मौसम सामान्य रहने जनाएको छ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको जनाइएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, कर्णाली र वाग्मती प्रदेशमा आंसिक बदी रहेको छ। आज (आइतबार) राति आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आगामी तीन दिनको मौषम
असोज ४ गते
दिउँसोः देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
असोज ५ गते
दिउँसोः देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ६ गते
दिउँसोः देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातीः देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ।