शनिबार, भदौ १३, २०८३

फड्केको भरमा मनाङ आउजाउ

पहिला मनाङबाट समेत निर्वाचित देव गुरुङ अहिले लमजुङबाट संघीय सांसद छन् । सडक बिजोग भएको र पुल नबनेको भाग उनकै निर्वाचित क्षेत्रभित्र समेत पर्छ । अर्काेतिर लमजुङबाटै प्रदेश सभा सदस्य रहेका पृथ्वीसुब्बा गुरुङ गण्डकीमा मुख्यमन्त्री छन् ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

पोखरा– मनाङ जाने बाटोमा पर्ने घोप्टेभिरमा निर्माण गर्ने भनिएको पुल अझै पूरा हुन सकेको छैन । भदौ मसान्तसम्म पूरा भइसक्नुपर्ने पुल नबन्दा फड्केकोे भरमा आवतजावत भइरहेको छ ।

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक अवरुद्ध हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘वारिको गाडी वारिसम्म पुग्छन् र पारि फेरि अर्काे गाडीमा जानुपर्ने बाध्यता छ,’ मनाङका एक स्थानीयले भने ।

मनाङका संघीय सांसद पोल्देनछोपाङ गुरुङका अनुसार हिउँद लागेपछि चिसोकै कारण हिमाली जिल्ला र आसपासमा विकास निर्माणका काम गर्न कठिन हुन्छ । अहिलेको समयमै काम हुनुपर्ने हो । यो याम मनाङबाट स्याउ बजार ल्याउनुपर्ने, कतिपय सामान मनाङ लैजानुपर्ने बेला पनि भएको सांसद गुरुङ गुरुङ बताउँछन् ।

डुम्रे बेसिसहर चामे सडक योजना कार्यालयले घोप्टेभिरमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो । ३० लाख रुपैयाँमा बेलिब्रिज बनाउने गरी उसले ठेक्का पाएको थियो । भदौ १ बाट सुरु गरी त्यसै महिनामा काम सक्नुपर्ने सम्झौता थियो । तर काम पूरा भएको छैन ।

योजना कार्यालयका इन्जिनियर सुरज महर्जनका अनुसार भौतिक पूर्वाधारका काम भने भइसकेका छन् र पुल जडानचाहिँ बाँकी छ । ‘यसपालि पानी धेरै पर्‍यो, साइटमै पहिरो पनि गयो र काम हुन पाएको छैन,’ इन्जिनियर महर्जनले भने, ‘काम सुरु भयो भने हप्ता १० दिनमै सकिन्छ ।’

घोप्टेखोलामा सधैं पानी हुँदैन । बर्खाका बेला उर्लिने भेल भने तर्न गाह्रो हुन्छ । मस्र्याङ्दी गाउँपालिका– ४ ताघ्रिङमा पर्ने उक्त भिरमा पुल नहुँदा मनाङका मात्रै नभई लमजुङकै बासिन्दालाई पनि सकस छ । उक्त भिरको खोल्सोमा पहिला राखिएको ह्युमपाइप यसपालिको बाढीले बगाएको जानकारी इन्जिनियर महर्जनले दिए ।

मनाङ जाने सडकका लागि नेपाली सेनाको सडक निर्माण कार्यदल गणले २०६९ सालमा ट्र्याक खुलाएको थियो । त्यसयता उक्त ट्र्याकमै गाडी गुड्दै आएका छन् । ट्र्याक स्तरोन्नति गरी सडककै अवस्था नपुर्‍याइएको हुँदा बाटोमा धेरै ठाउँमा जोखिम छ ।

मनाङपट्टिभन्दा लमजुङतिरकै भागको बढी विजोग भएको स्थानीय बताउँछन् । मनाङतिर भने सांसद पोल्देनले बेलाबखत आफ्नै खर्चमा समेत डोजर लगाएर बाटो सफा गर्ने र जोखिम कम गर्ने काम गर्दै आएका छन् ।

पहिला मनाङबाट समेत निर्वाचित देव गुरुङ अहिले लमजुङबाट संघीय सांसद छन् । सडक बिजोग भएको र पुल नबनेको भाग उनकै निर्वाचित क्षेत्रभित्र समेत पर्छ । अर्काेतिर लमजुङबाटै प्रदेश सभा सदस्य रहेका पृथ्वीसुब्बा गुरुङ गण्डकीमा मुख्यमन्त्री छन् ।

सत्तारुढ दल नेकपाको सचेतक देव गुरुङ र मुख्यमन्त्री पृथ्वीसुब्बाकै जिल्लामा विकास निर्माण ढिलासुस्ती भएको स्थानीयको गुनासो छ ।

प्रकाशित: Sep 20, 2020| 00:18 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।