शनिबार, भदौ १३, २०८३

डा. केसीको समर्थनमा जुम्लामा दीप प्रज्वलन

जुम्ला – चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.गोविन्द केसीको समर्थन गर्दै नागरिक समाजले जुम्ला सदरमुकाम खलंगा बजारस्थित कृष्ण मन्दिरअगाडि दीप प्रज्वलन गरेको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

ईश्वरीप्रसाद देवकोटा

जुम्ला – चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.गोविन्द केसीको समर्थन गर्दै नागरिक समाजले जुम्ला सदरमुकाम खलंगा बजारस्थित कृष्ण मन्दिरअगाडि दीप प्रज्वलन गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै शनिबार साँझ दीप प्रज्वलन गरिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

डा. केसीले जायज माग सम्बोधनका लागि दबाब दिन दैनिक कार्यक्रम आयोजना गरिने भएको छ।

महतले भने, 'जुम्लाका आमनागरिक डा. केसीका पक्षमा छन्। हामी शान्तिपूर्ण ढंगबाट सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गर्नेछौं।' 

प्रकाशित: Sep 19, 2020| 18:10 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।