शनिबार, भदौ १३, २०८३

घरमै पुगेर स्वाब संकलन गर्न मोबाइल भ्यान

विराटनगर महानगरपालिकाले मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

विराटनगर- मोरङको विराटनगर महानगरपालिकाले मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याएको छ।

विशेष अवस्थाका व्यक्तिहरुको स्वाब घरबाटै संकलन गर्नेगरी मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याइएको महानगरका प्रवक्ता तथा वडा नंं १ का वडाध्यक्ष उद्धव अर्यालले बताए।

जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विशेष प्राथमिकतामा राखेर भ्यान सञ्चालनमा ल्याइएको उनले बताए।

रोटरी क्लब अफ विराटनगरको डिजाइनमा हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भ्यान निर्माण गरेको अर्यालले बताए। उनका अनुसार वातानुकुलित भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिनेलगायतका व्यवस्था मिलाइएको छ।

मोबाइल स्वाब भ्यान सञ्चालनमा आएसँगै विशेष अवस्थाका व्यक्तिहरुले स्वाब दिन स्वाब संकलन केन्द्रसम्म आउनुपर्ने समस्या हटेको नगर प्रमुख भिम पराजुलीले बताए।

रोटरी क्लब अफ विराटनगरले मोबाइल स्वाब भ्यान शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि जैन भवन विराटनगरबाट स्वाब संकलन गर्दै आएको छ।

प्रकाशित: Sep 19, 2020| 12:20 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।