विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमण पुष्टि हुनेमा मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको रतुवामाईमा शनिबार १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला, ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष तथा प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ। शनिबार ७१ जना डिस्चार्ज भएका छन्।
होम आइसोलेसनबाट ४५, गढी आइसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आइसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आइसोलेसन, कालीसदन आइसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ।
प्रदेश १ मा शनिबार १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ।