शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज (शनिबार) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

धनगढी- सुदूरपश्चिममा आज (शनिबार) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ५८२ जनाको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३९३ जनाको परीक्षण भएकोमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका-१२ का ४ जना, धनगढी उप–महानगरपालिका–१ का ३ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर २ का १ जना र जानकी गाउँपालिका–६ का १ जना र बझाङको खप्तड छान्ना गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

यता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८६ जनाको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले बताए।

त्यस्तै दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका १ जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, अमरगढी नगरपालिकाका १ जना र बैतडीको पाटन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

उता, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११२ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित: Sep 19, 2020| 11:10 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।