काठमाडौं- काठमाडौं उपत्यकामा आज ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७११ जनामा कोरोना पुष्टि भएको हो।
यो हालसम्मकै उच्च संख्या हो। थपिएका संक्रमितमा काठमाडौंमा ५७० जना छन् भने ललितपुरमा ५८ जना र भक्तपुरमा ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या झण्डै १५ हजार पुगेको छ।