शनिबार, भदौ १३, २०८३

आज १२ सय ४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार १२९ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना र होम आइसोलेसनमा ७ हजार ९७६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपालमा हालसम्म ९ लाख ४ हजार ७०६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल ७ हजार ७३५ जना विभिन्न क्वारेन्टिनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४४७ छ।

योसहित आजसम्म ४५ हजार २६७ जना संक्रमणमुक्त भइसकेका छन्।

यसैबीच, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Sep 19, 2020| 10:40 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।