शनिबार, भदौ १३, २०८३

कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (शनिबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज (शनिबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका मात्रै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये २७ जना विरेन्द्रनगर नगरपालिकाका र एक जना बराहताल गाउँपालिकाका छन्।

यस्तै दैलेखका ४, सल्यानका २ र डोल्पाका १ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी प्रदेश बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ। दाङ, काभ्रे, डोटी, दोलखा र रोल्पाका १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी दैलेख अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार १०७ पुगेको छ।

जसमध्ये २ हजार ६५१ जना कोरोनामुक्त भएर घर फर्किइसकेका छन्।

प्रकाशित: Sep 19, 2020| 10:10 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।