शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिल्लीमा भारतीय पत्रकारसहित एक नेपाली महिला गिरफ्तार

दिल्लीमा भारतीय पत्रकारसहित एक नेपाली महिला गिरफ्तार

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजधानी नयाँ दिल्लीमा एक भारतीय पत्रकारसहित नेपाली महिला गिरफ्तार भएकी छन्।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

एजेन्सी- भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजधानी नयाँ दिल्लीमा एक भारतीय पत्रकारसहित नेपाली महिला गिरफ्तार भएकी छन्।

स्वतन्त्र पत्रकार राजीव शर्मा चीनको पक्षमा जासुस गरेको आरोपमा पक्राउ परेका छन् भने उनलाई सहयोग गरेको आरोपमा नेपाली महिला पनि पक्राउ परेकी हुन्। पक्राउ परेकी महिलाको पहिचान खुलाइएको छैन।

ती महिलाले भारतीय पत्रकार शर्मालाई जासुसीका लागि आर्थिक सहयोग गर्ने गरेको एएनआईले जनाएको छ।

दिल्ली प्रहरीका अनुसार पीतमपुरा निवासी पत्रकार शर्मा हिजो साँझ पक्राउ परेका हुन्। उनलाई त्यहाँको ‘अफिसियल सेक्रेट एक्ट’ मामिलामा गिरफ्तार गरिएको छ।

उनीबाट केही जासुसी दस्ताबेज बरामद गरिएको प्रहरीको दाबी छ।

पक्राउ परेका उनीसहित नेपाली महिला र एक चिनियाँ पहिलालाई थप अनुसन्धानका लागि प्रहरीले ६ दिनको समय पाएको छ।

प्रहरीले पक्राउ परेका सबै भारतीय सेनाको जासुसी गरेर चीनलाई जानकारी दिने व्यक्ति रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: Sep 19, 2020| 08:30 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।