काठमाडौं– ज्वरो आएपछि गत मंगलबारदेखि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार डिस्चार्ज भएका छन।
महामन्त्री कोइरालाले आफू आज केही बेर अघि अस्पतालबाट घर फर्किएको जनाएका छन। गत भनौ २३ मा कारोना भाइरस संक्रमण पोजेटिभ देखिएका कोइराला घरमै आइसोलेसनमा बस्दै आएका थिए।
एकाएक ज्वरो बढेपछि उनी मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सामान्य भएपछि आज अस्पताले डिस्चार्ज गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन।
सामाजिक संजाल फेरबुका महामान्त्री कोइरालाले लेखेका छन, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता, शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।’
नेता कोइरालाले आफ्नो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेका हुन। ‘चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु,’ उनले लेखेका छन।