शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी

संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

धनगढी–संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी हुन।

माफी पाउनेमा डडेल्धुराका पाँच, कैलालीका र बाजुराका तीन/तीन बझाङ, दार्चुला र कञ्चनपुरका एक/एक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दाका दुई जना, बझाङमा, दार्चुला र कञ्चनपुरका एक/एक जना कर्तव्य ज्यान मुद्दाका रहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

कैद माफी भएका उनीहरु सबै आज नै जेलमुक्त हुने उनले बताए।

प्रकाशित: Sep 19, 2020| 07:12 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।