शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईपीएल आजबाट, मुम्बई इन्डियन्स र चेन्नई सुपर किंंग्सबीच पहिलो प्रतिस्पर्धा

आईपीएल आजबाट, मुम्बई इन्डियन्स र चेन्नई सुपर किंंग्सबीच पहिलो प्रतिस्पर्धा

यूएईका तीन सहर अबुधाबी, दुबई र शारजाहमा आईपीएल खेलिंंदै छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं- लामो समयको अनिश्चिततापछि आईपीएलको १३ औं संंस्करण शनिवारबाट संयुक्त अरब अमिरात (यूएई) मा सुरु हुँदै छ।

आईपीएल इतिहासकै सबैभन्दा सफल टिम– मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पहिलो म्याचमा एकअर्काको सामना गर्दैछन्।

दुबै टिमले विजयी सुरुआत चाहे पनि, दुबैका लागि जीत सजिलो छैन।

म्याच आज अबुधाबीको शेख जायेद स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आईपीएलका अधिकांंश खेलाडी यूएईमा पहिलो पटक खेल्दैछन्।

भारत बाहिर प्रतियोगिता आयोजना गरिएको आईपीएलको इतिहासमा यो दोस्रो पटक हो।

यसअघि सन् २००९ मा दक्षिण अफ्रिका र सन् २०१४ मा पहिलो हाफ यूएईमा आयोजना गरिएको थियो।

यसपटकको आईपीएल २९ मार्चदेखि भारतमै आयोजना गर्ने भनिएको भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो। टी– २० विश्वकप स्थगित भएपछि बीसीसीआईले यसका लागि विन्डो निकाल्न सफल भयो र अब यूएईका तीन सहर अबुधाबी, दुबई र शारजाहमा आईपीएल खेलिंंदै छ।

यद्यपि, कोरोनाका कारण यसपटकको आईपीएल बिना दर्शकको रित्तो स्टेडियममा खेलिंंदै छ।

स्टेडियममा दर्शक नभए पनि आईपीएललाई करोडौंं दर्शकले टेलिभिजनको पर्दामा हेर्ने अनुमान गरिएको छ।

पछिल्लो सिजनमा रोहित शर्माको नेतृत्वको मुम्बई इन्डियन्स र महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स उपाधिको प्रबल दाबेदारका रुपमा उत्रिएका थिए भने यसपटकको अवस्था पनि उस्तै छ।

यद्यपि, टी–२० फर्म्याटको अनिश्चिततालाई ध्यानमा रखेर बाँकी ६ टिमलाई पनि दाबेदारीभन्दा बाहिर राख्न मिल्दैन।

यूएईको पिच मध्यम गतिका र स्पिनर बलरका लागि राम्रो मानिन्छ। अहिले ब्याट्सम्यानका लागि पनि यहाँको पिच राम्रै हुने खेलाडीहरु बताइरहेका छन्।

यूएईको गर्मी र उमसो वातावरणले टिम र खेलाडीको प्रदर्शनमा प्रभाव पार्न सक्छ। त्यस्तै, दर्शक नभएको स्टेडियममा खेलाडीले आफैंंलाई कसरी प्रेरित गर्छन् भन्ने पनि यो खेलमा हेर्न पाइने छ।

खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Sep 19, 2020| 05:55 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।