शनिबार, भदौ १३, २०८३

चितवनमा विभिन्न घटनामा तीन जनाको मृत्यु

जिल्लाका विभिन्न घटनामा शनिबार तीन जनाको मृत्यु भएको छ ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

चितवन– जिल्लाका विभिन्न घटनामा शनिबार तीन जनाको मृत्यु भएको छ ।

कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर चितवन मेडिकल कलेजमा उपचारत एक महिलाको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ९ की ५१ वर्षीया महिला छिन् ।

कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।

यस्तै पिकअप भ्यानको ठक्करले एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ६ गीतानगरबाट सिताराम चोकतर्फ आइरहेको लु १ च ४४३५ नम्बरको भ्यानले प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका २३ का ३७ वर्षीय ज्योती दराई रहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा दराईको मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै भरतपुरमै सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचार गराइरहेका छन ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १९ का २ वर्षीय रायन रामदाम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो ।

सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै सर्पले डसेका मृतक बालकका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर छ ।

उनीहरुमध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित: Sep 19, 2020| 05:23 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।