शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दमनले जनआवाज बन्द गर्ने हतियार उहल्यै भुत्ते भइसक्यो : गगन थापा

दमनले जनआवाज बन्द गर्ने हतियार उहल्यै भुत्ते भइसक्यो : गगन थापा

कांग्रेसका युवा नेता गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमनको निन्दा गरेका छन्।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं– कांग्रेसका युवा नेता गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमनको निन्दा गरेका छन्।

उनले यसरी भइरहेका दमन प्रहरीको आकस्मिक प्रतिक्रिया नभएर सरकारी रवैया भएको बताएका छन्।

शनिबार ट्विट गर्दै उनले भनेका छन, ‘शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमन ड्युटीमा रहेका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन, विमति राख्नेलाई सर्ताउने सरकारी रवैया हो।

सरकारको यस्तो रवैयाप्रति आपत्ति जनाउँदै नेता थापाले यस्तो दमनले जनआवाज बन्द नहुने बताएका छन्।

नेपाल प्रहरी र प्रधानमन्त्रीलाई मेन्सेन गर्दै उनले ट्विटमा भनेका छन्, ‘प्रधानमन्त्रीज्यू स्मरण होस्, दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो।’

यतिबेला कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकायरी अधिकृतको रुपमा दोहोर्याउनुपर्ने लगायतका विषयमा सडक आन्दोलन भइरहेका छन्। शुक्रबार र आज (शनिबार) भएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रकाशित: Sep 19, 2020| 04:56 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।