शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुँदै

बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुँदै

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विवरण संकलनको काम सुरु गरेको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विवरण संकलनको काम सुरु गरेको छ।

दशरथचन्द नगरपालिकाकी उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण संकलन गरी सुरु गरिएको हो ।

शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

संकलन कार्य सुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए।

संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, ‘अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।’

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम सुरु भएकाले विवरण संकलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह समेत गरेका छन।

परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

१० अंकको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन्।

प्रकाशित: Sep 19, 2020| 03:31 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।