शनिबार, भदौ १३, २०८३

सार्वजनिक यातायात खुलेसँगै उपत्यका छोड्ने बढे

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– सरकारले १ असोजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि चहलपहल बढेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवका अनुसार बिहीबार उपत्यकाबाट ३ हजार ७१३ सवारीसाधन बाहिरिएका छन्। ती सवारीसाधनमा कुल ९ हजार ४ सय जना बाहिरिए। त्यस्तै ३ हजार ५१७ सवारी साधनमा ७ हजार ८ सय जना भित्रिए।

शुक्रबार दिउँसो ३ बजेसम्म ८८८ सवारी साधनमा २ हजार ८१३ जनाले उपत्यका छोडेका छन्। त्यस्तै यही अवधिमा ७८८ सवारी साधनमा २ हजार ५५२ जना उपत्यका प्रवेश गरेका छन्।

प्रकाशित: Sep 18, 2020| 13:37 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।