शनिबार, भदौ १३, २०८३

भक्तपुरमा गुर्जोको बिरुवा वितरण

भक्तपुरमा घरघरमा गुर्जोका बिरुवा निःशुल्क रुपमा पुर्‍याउने अभियान सुरु गरिएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

भक्तपुर- भक्तपुरमा घरघरमा गुर्जोका बिरुवा निःशुल्क रुपमा पुर्‍याउने अभियान सुरु गरिएको छ। सूर्यविनायक नगरपालिका क्षेत्रबाट सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दैै यो अभियान सुरु गरेका हुन्।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गरेका छन्।

गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिँदै पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो।रासस

प्रकाशित: Sep 18, 2020| 13:10 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।