शनिबार, भदौ १३, २०८३

आइसोलेसन बनाउन तयार भएनन् पोखराका होटल

पोखरामा अहिले डेढ सयभन्दा बढी संक्रमित होम आइसोलनमा बस्न बाध्य छन्। यसबाटमा डेरामा बसेका र साँघुरो घर भएकाहरु समस्यामा परेका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

पोखरा– गण्डकी प्रदेशसहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ।  सबै संक्रमितलाई अस्पतालमा राख्न सम्भव नभएपछि विभिन्न स्थानीय तहले होटल, विद्यालय र पार्टी प्यालेसमा आइसोलेसन केन्द्र बनाएका छन्।

तर पोखराका होटल भने आइसोलेसन बनाउन तयार भएका छैनन्।

पोखरामा अहिले डेढ सयभन्दा बढी संक्रमित होम आइसोलनमा बस्न बाध्य छन्। यसबाटमा डेरामा बसेका र साँघुरो घर भएकाहरु समस्यामा परेका छन्।

पोखरा महानगरपालिकाले अस्पतालमा नअटेका र अवस्था सामान्य भएका बिरामीलाई राख्न सूचना निकाले पनि होटेलहरुले चासो देखाएका छैनन्।

महानगरले आइसोलेसन बनाउन इच्छुक होटल, पार्टी प्यालेस, विद्यालयलगायतलाई ८ भदौमा तीन दिने सूचना निकालेको थियो।

आइसोलेसन बनाउन दुईवटा होटलले मात्र इच्छा देखाएका थिए। त्यसपछि महानगरले अर्को सूचना प्रकाशन गर्‍यो। दोस्रो पटक पनि सोचेजस्तो गरी प्रस्ताव आएन ।

चाउथेस्थित होटल रोयल पाम र ड्यामसाइडस्थित होटल स्टे पोखराले आइसोलेसन बनाउन इच्छा देखाएका छन्। तर त्यहाँ आइसोलेसन सञ्चालनबारे महानगरले केही निर्णय गरेको छैन।

एउटा होटेलमा कम्तीमा ५० बेड नभई आइसोलेसन बनाउन सम्भव नहुने भएकाले कुनै निर्णय नगरिएको महानगरका शाखा अधिकृत किरण कोइरालाले बताए।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन स्वास्थ्य सुरक्षामा जोखिम बढी हुने भएकाले होटलहरुले आइसोलेसन बनाउन इच्छा नदेखाएकोे बताउँछन्।

होटेलमा क्वारेन्टाइन सञ्चालन गर्ने बेलामा नियमित चिकित्सकको निगरानी हुने भनिए पनि सोअनुसार नभएपछि आइसोलेसन बनाउन होटल तयार नभएको उनको भनाइ छ।

प्रशासनले क्वारेन्टाइनका लागि सूचीकृत गरेका २४ मध्ये आठ होटलले सक्रिय क्वारेन्टाइन सञ्चालन गरेको अध्यक्ष तुलाचनले बताए। ती होटलबाट साढे पाँच सयभन्दा बढीले सेवा लिएका थिए।

कम्तीमा एक सय बेड राख्न सकिने, पर्याप्त शौचालय, बिजुली, टेलिफोन र सडक सुविधा भएको, छरछिमेकले विरोध नगर्ने सुनिश्चित हुनुपर्ने लगायतका मापदण्ड तोकेर महानगरले दुई पटकसम्म पोखरा महानगरले प्रस्ताव आह्वान गरेको थियो।

लेकसिटी हस्पिटल, कृषि तालिम केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र लेखनाथको सरुवा रोग अस्पताललाई आइसोलेसन बनाइएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३५ र लेखनाथको सरुवा रोग अस्पतालमा ४० बेडको आइसोलेसन सञ्चालनमा छ। क्षेत्रीय अस्पतालमा लक्षण देखिएका संक्रमित राखिएको छ भने अरु आइसोलेसनमा लक्षण नभएका संक्रमित बस्दै आएका छन्।

सरुवा रोग अस्पतालमा ३८ संक्रमित उपचाररत छन् भने क्षेत्रीय अस्पतालमा २८ संक्रमित छन्। बाँकी दुई आइसोलेसनमा गरेर ४८ जना छन्। सरुवा रोग अस्पताल ५० बेड क्षमताको छ।

महानगरले पोखरा ३३ मा पहिला प्रयोगविहीन भवनमा भवनमा ५० बेडको आइसोलेसन बनाइरहेको छ।

प्रकाशित: Sep 18, 2020| 12:55 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।