शनिबार, भदौ १३, २०८३

संविधान दिवसका दिन जसपाले शान्तिपूर्ण विरोध गर्ने

असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले यस वर्ष शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने भएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं- असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले यस वर्ष शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने भएको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै देशका प्रमुख स्थानहरुमा शान्तिपूर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरेका छन्।

‘जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत् भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधानले मधेसी, आदिवासी, जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जसपाको ठहर छ।

‘संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधान रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि विभिन्न प्रकारका विरोधका कार्यक्रम गरिने छ।’ जसपाको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 18, 2020| 12:05 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।