शनिबार, भदौ १३, २०८३

'कोरोना संक्रमणको अवस्था झन् खराब हुँदैछ'

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घना बस्ती भएका स्थानमा संक्रमितको संख्या बढिरहेको भन्दै सतर्क रहन आग्रह गरे।

महामारीका बीच भइरहेका सडक आन्दोलन तथा जुलुसले झनै संक्रमण फैलाउन सहयोग गर्ने भएकाले मन्त्रालयले यस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

डा. जागेश्वर गौतमले ६० वर्षमाथि उमेर समूहका मानिस र दिर्घरोगीलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। निस्कनै परे जनस्वास्थ्यका मापदण्ड (मास्क, स्यानिटाइजर र सामाजिक दूरी) अपनाएर निस्कन मन्त्रालयले आग्रह गरेको छ।

आज शुक्रबारमात्रै २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् भने अहिलेसम्म ६१ हजार ५९३ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित: Sep 18, 2020| 11:36 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।