शनिबार, भदौ १३, २०८३

कालिमाटी प्रहरीले पक्राउ गरेका चार अभियुक्त फरार

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट चोरीको आशंकामा पक्राउ परेका चार जना व्यक्ति फरार भएका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– महानगरीय प्रहरी वृत्त कालिमाटीबाट चोरीको आशंकामा पक्राउ परेका चार जना व्यक्ति फरार भएका छन्। प्रहरीको मोबाइल गस्ती टोलीले गएराति हिँडडुल गरिरहेको अवस्थामा चारै जनालाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले उनीहरुको खोजी भइरहेको बताए। ‘राति मोबाइल टोलीले उनीहरुलाई चोरीको आशंकामा पक्राउ गरेको थियो,’ उनले भने, ‘राति नै उनीहरु फरार भएका हुन्।’ उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।

सोधपुक्षका लागि ल्याइएका उनीहरुलाई हिरासतमा राखिएको थिएन्। फरार हुनेमा आसु जैसवाल, अनिल जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल रहेका छन्।

 

प्रकाशित: Sep 18, 2020| 11:20 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।