काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ६९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार ११६ जना कोरोना संक्रमित थपिएका छन्। यो आज थपिएका संक्रमितमध्ये ५५.२५ प्रतिशत हो। अन्य प्रदेशमा ४४.७५ छन्।
प्रदेश १ मा १८७, प्रदेश २ मा १७६ र गण्डकीमा १४८ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
प्रदेश ५ मा २०५, कर्णालीमा १४१ र सुदूरपश्चिममा ४७ जना संक्रमित थपिएका छन्। आज एक हजार ३८२ पुरुष र ६३९ महिला गरी २०२० जना संक्रमित थपिएका हुन्।
कुन जिल्लामा कति थपिए?
उदयपुर : २
ओखलढुंगा : १
झापा : ६
भोजपुर : ३
मोरङ : १२८
सुनसरी : ५८
धनुषा : ९
पर्सा : १७
बारा : ७८
रौतहट : ६
सप्तरी : ४५
सर्लाही : २
सिरहा : १९
काठमाडौं : ६९८
काभ्रे : ६
चितवन : १९१
दोलखा : १
धादिङ : १४
नुवाकोट : ६
भक्तपुर : ८२
मकवानपुर : ३०
रामेछाप : ६
ललितपुरर : ७९
सिन्धुपाल्चोक : ३
कास्की : ८६
गोरखा : १२
तनहुँ : ५
नवलपरासीपूर्व : ३९
लमजुङ : ६
अर्घाखाँची : ९
कपलिवस्तु : ६
गुल्मी : ६
दाङ : २४
नवलपरासी : ४१
पाल्पा : ३
प्यूठान : १
बर्दिया : १८
बाँके : २
रुपन्देही : ८६
रोल्पा : ९
दैलेख : १
रुकुम पश्चिम : २३
सुर्खेत : ११७
अछाम : १६
कञ्चनपुर : ७
कैलाली : १७
डोटी : १
बझाङ : १
बाजुरा : ३
बैतडी : २