शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चारवटा जिल्लामा सयभन्दा बढी संक्रमित थप (२४ घण्टाको पूर्ण विवरणसहित)

चारवटा जिल्लामा सयभन्दा बढी संक्रमित थप (२४ घण्टाको पूर्ण विवरणसहित)

सबैभन्दा बढी थपिनेमा काठमाडौं छ। यहाँ ६९८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ५० जिल्लामा कोरोना संक्रमित थपिँदा चार वटा जिल्लामा १ सयभन्दा बढी थपिएका छन्।

सबैभन्दा बढी थपिनेमा काठमाडौं छ। यहाँ ६९८ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसैगरी मोरङमा ११८, चितवनमा १९१ जना र सुर्खेतमा ११७ जना थपिएका छन्।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३९० पुगेको छ।

पछिल्लो एक महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

आजको दिनमा देशभर सक्रिय संक्रमित १७ हजार ३८३ जना छन्।

संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्।

पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित थपिएका छन् भने ८७१ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: Sep 18, 2020| 10:52 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।