विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १६६ कोरोना संक्रमित थपिएका छन्। मोरङमा १००, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा शुक्रबार ५८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन्। मोरङको कटहरीमा ७ महिला ८ पुरुष, पथरी शनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता सुनसरीको ईटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको छ।
प्रदेश १ मा शुक्रबार १ सय ९२ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट १ सय २७, कोभिड १९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ।
प्रदेश १ मा शुक्रबार ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार हाल सम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ।