काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८ जना कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी ललितपुरमा ७९ जना र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन्।
नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३९० पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३९० पुगेको हो।
पछिल्लो एक महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
आजको दिनमा देशभर सक्रिय संक्रमित १७ हजार ३८३ जना छन्।
संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्।
पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित थपिएका छन् भने ८७१ जना डिस्चार्ज भएका छन्।