काठमाडौं- नेपालमा आज एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो हालसम्मकै उच्च संख्या हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ। योसहित कुल ८ लाख ९४ ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ७ हजार ७३६ जना बसिरहेका छन्।