शनिबार, भदौ १३, २०८३

तिलोत्तमामा बिनाधितो सहुलियतपूर्ण कर्जा

पन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितो सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितो सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ। स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी दिन थालेको हो।

पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो। प्रस्ताव पेश गरेका झण्डै सात सयमध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो।

शुक्रबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख वासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण शुभारम्भ गरे ।

त्यसअवसरमा नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गरे । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने जानकारी दिँदै उनले धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको बताए ।

कोरोना महामारीका कारण रोजगारीका अवसर संकुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए। उनका अनुसार तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।

नगरपालिकाले सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो ।

मूलतः विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत, महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ ।

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्गसमुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

प्रकाशित: Sep 18, 2020| 10:27 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।