शनिबार, भदौ १३, २०८३

कर्णाली प्रदेशमा ३५ संक्रमित थपिए

कर्णाली प्रदेशमा आज (शुक्रबार) थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज (शुक्रबार) थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा चौरजहारी नगरपालिकाका विभिन्न वडाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेतमा ६ जना, सल्यानमा ५ जना र मुगुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा यी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज थपिएका ३५ सहित कर्णली प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ६३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न आइसोलेसनबाट १६ जना डिस्चार्ज भएका छन्।

योसहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६४९ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

कर्णालीमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 18, 2020| 10:27 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।