शनिबार, भदौ १३, २०८३

३० करोड मानिस भोकै छन्, सहयोग गर्नुहोस् : राष्ट्र संघ

संयुक्त राष्ट्र संघको खाद्य एजेन्सी विश्व खाद्य कार्यक्रम प्रमुख डेभिड बेस्लेले संसारभरका अर्बपतिहरुसँग सहयोगको याचना गरेका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

एजेन्सी- संयुक्त राष्ट्र संघको खाद्य एजेन्सी विश्व खाद्य कार्यक्रम प्रमुख डेभिड बेस्लेले संसारभरका अर्बपतिहरुसँग सहयोगको याचना गरेका छन्।

विश्वमा झण्डै ३० करोड मानिस भोकमरीको चपेटामा रहेको भन्दै बेस्लेले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकबाटै सहयोगको अपिल गरेका हुन्।

उनले कोरोना महामारीको बीचमा भोकमरीको समस्या झनै जटिल बनेको भन्दै यसका लागि राष्ट्र संघको विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीबाट तत्काल सहयोग दिनुपर्ने आवश्यकता रहेको बताए।

उनले एक वर्षमा ३० करोड मानिसको पेट भर्न झण्डै ५ बिलियन डलर आवश्यकता रहेको भन्दै विश्वभरका २ हजार अर्बपतिहरुसँग सहयोग माग गरे।

उनले २ हजार अर्बपतिहरुको कुल कमाई ८ लाख ट्रिलियन डलर रहेको र धेरै मानिसले महामारीकै बीचमा करोडौँ डलर कमाई गरेकोसमेत बताएका छन्।

दक्षिण क्यारोलिनाका पूर्व गर्भनरसमेत रहेका उनले भने, ‘म पैसा कमाउने व्यक्तिहरुको विरोधमा छैन, तर हाम्रो जीवनकालमा सबैभन्दा मानवतामाथिको संकट देखिइरहेको छ।’

गत जुन महिनामा इन्स्टिच्युट अफ पोलिसी स्टटिज (आईपीएस) द्वारा प्रकाशित एक रिपोर्टअनुसार अमेरिकाका अर्बपतिहरुको सम्पत्ति कोरोना भाइरसको महामारीको समयमा १९ प्रतिशत अर्थात् आधा ट्रिलियन डलरले बढेको छ।

१८ मार्चदेखि ११ हप्तासम्म केही अमेरिकी राज्यमा लकडाउन सुरु भएको थियो। तबसम्म अमेजन डटकमका संस्थापक जेफ बेजोसको कमाई लगभग ३६.२ बिलियन डलरले बढ्यो।

त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्गको कमाई ३०.१ बिलियन डलरले बढ्यो। यसका साथै टेस्लाका एलन मस्कको कमाई १४.१ बिलियन डलरले बढेको छ।

बेस्लेले भने, ‘यो समय ती व्यक्तिहरुका लागि हो जोसँग सबैभन्दा धेरै पैसा छ, उनीहरु यो असाधारण समयमा सहयोगापेक्षी मानिसहरुको सहयोग गर्नुपर्छ। संसारमा अहिले तपाईँहरुको आवश्यकता छ र काम गर्ने समय आइसकेको छ।’

प्रकाशित: Sep 18, 2020| 10:15 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।