शनिबार, भदौ १३, २०८३

कोभिड-१९ अहिलेसम्मकै ठूलो संकट : मन्त्री ज्ञवाली

भैरहवा- सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

भैरहवा- सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, 'विश्व अर्थव्यववस्था नै सबैभन्दा कमजोर अवस्थामा छ। हाम्रो पुस्ताको लागि यो समय सबैभन्दा ठुलो चुनौती हो। यस्तो कष्टपूर्ण अवस्थामा पनि नागरिकको सहयोगका कारण सरकारले राम्रो काम गरिरहेको छ।'

मन्त्री ज्ञवालीले मानवीय जीवनलाई पुरानै लयमा फर्काउने गरी सरकारले काम गरिरहेको बताए। उनले भने, 'जनताको जीवनमा थप अप्ठ्यारो नपरोस् भनेर सरकार सचेत छ। ६ महिनादेखि कहिले लकडाउन, कहिले निषेध आदेश छ। हामी यतिबेला स्वास्थ्य र आर्थिक संकटसँग जुधिरहेका छौं।'

मन्त्री ज्ञवालीले नियमित सवास्थ्य मापदण्ड अपनाउने बाहेक अरु विकल्प हाललाई नभएको बताए।

प्रकाशित: Sep 18, 2020| 07:14 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।