शनिबार, भदौ १३, २०८३

काठमाडौंबाट रामेछापसम्म विद्युतीय मिनी बस

काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सेवा सुरु भएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं–काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सेवा सुरु भएको छ। नेपालमा यति लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस सेवा पहिलोपटक सुरु भएको हो।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट मन्थलीसम्म दैनिक रुपमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको हो। विद्युतीय मिनी बसको शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन्।

कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन्। पूर्वप्रधानमन्त्री नेपालले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युतबाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुने बताए।

उनले यसले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए। विद्युतलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिने उनको भनाइ थियाे।

बीस सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रिनटेक इन्टरनेसनल प्रालिले चीनबाट भित्र्याएको हो। कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कन्डिसनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन्।

गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए। बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान पुग्ने र देशमा उत्पादित बिजुलीको खपत हुने बताए। -रासस

प्रकाशित: Sep 18, 2020| 07:17 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।