चितवन- तीन ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे चार घण्टापछि खुलेको छ।
बिहान ६ बजेबाट अवरुद्ध भएको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । दुबैतर्फ बाटो खुल्न अझै केहि समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । बाटो खुलेपनि सवारी साधनको लामो जाम भने अझै हटेको छैन् ।
वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।