चितवन- कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु भएको छ।
नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ २५ गते अस्पताल भर्ना भएका थिए । २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निमोनियाबाटसमेत ग्रसित भएको अस्पतालले जनाएको छ।
भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको राति १२ः१८ बजे मृत्यु अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।
योसँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
