वीरगन्ज- पर्सा, बारा र रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा बिहीबार राति २८८ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये पर्साका १४ जना, बाराका ६ जना र रौतहटका ४ जना रहेको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जनाकारी दिए ।
पर्साको वीरगञ्ज महानगरपालिकाका ३ जना, कालिकामाई गाउँपालिकाका ५, पर्सागढी नगरपालिकामा ५ र सखुवा प्रसौनी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बाराको कोल्हवी नगरपालिकामा ३, महागढीमाई नगरपालिकामा २ र जितपुर सिमरा उप महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
रौतहटको गढीमाई नगरपालिकामा २, माधव नारायण नगरपालिकामा एक र इलाका प्रहरी कार्यालय गरुडामा एक जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितहरु १४ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।
