शुक्रबार, भदौ १२, २०८३

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक

आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७


काठमाडौं– आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन, ‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सी असोज ४ गते बिहान ११ बजे पेरिसडाँडामा बस्ने तय भएको छ ।’

मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल गर्नका लागि पार्टीको सचिवालय बैठक आज बिहान ११ बजे पेरिस डाँडामा बस्ने तय भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको थियो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भएको भेटमा पेरिसडाँडामा बैठक बस्ने सहमति भएको थियो ।

पार्टी एकता भइसकेपछि पहिलोपटक तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्न लागेको थियो ।

दुईजना अध्यक्षबीचको सहमतिमै बैठकस्थल बस्ने तय भएको भए पनि एकाएक बैठक सार्नुको कारणबारे भने प्रवक्ता श्रेष्ठले खुलाएका छैनन ।

बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल, मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल हुने बताइएको थियो ।

नेकपाको २६ भदौंमा सम्पन्न स्थायी कमिटीको बैठकले पनि यी विषयमा निर्णय गरेको थियो । दुई अध्यक्षले स्थायी कमिटी बैठकपछि जारी गरेको सकुर्लरमा पनि उल्लेख छ ।

पेरिसडाँडामा बैठक बस्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडामा बिहीबार नै भौतिक दुरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको थियो ।

प्रकाशित: Sep 18, 2020| 03:41 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।