शुक्रबार, भदौ १२, २०८३

गणेशमानको २३औँ स्मृति दिवस, ट्विटरमै सीमित

नेपाली राजनीतिको शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमान्डरका रुपमा चिनिने काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७


काठमाडौं– नेपाली राजनीतिको शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमान्डरका रुपमा चिनिने काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस।

६ दशक लामो राजनीति जीवनमा नेता सिंहले राणा र राजतन्त्रविरुद्ध उभिएबापत १५ वर्षभन्दा लामो समय त जेल जीवन बिताएका थिए।

१९९७ सालमा धर्मभक्त माथेमाबाट तत्कालीन प्रजापरिषद्को सदस्यता लिएर उनी नेपालमा प्रजातन्त्र स्थापनाका लागि होमिएका थिए।

राजधानीको सम्भ्रान्त परिवारको छोरो भएर पनि उनले नेपालमा जनताको अधिकार स्थापित गर्ने प्रजातन्त्रका लागि सबै सुविधा मात्रै त्यागेनन् तत्कालीन शासकको यातना, जेल, नेल सहे।

‘राज्यसत्तामा सबै जातिले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्न पाउनुपर्छ, नत्र प्रजातन्त्र फस्टाउँदैन’ भन्ने स्पस्ट विचार भएका नेता गणेशमानलाई प्रजातन्त्रका पिताको रुपमा पनि लिइन्छ।

अन्तिम कालमा कांग्रेस उनको सिद्धान्त, आस्था र विचारको बाटोबाट विचलित हुँदै गएको असन्तुष्टि उनीलगायतका संस्थापकमा थियो।

गणेशमानको २३ औँ स्मृति दिवसलाई लिएर कांग्रेसले शुक्रबार बिहानसम्म पनि औपचारिक रुपमा विज्ञप्ति निकालेर स्मरण गरेको छैन।

यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत गणेशमानको स्मरण गरेका छन्। सभापति देउवाले लेखेका छन्, ‘आज मेरो आदरणीय नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस। उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता। मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो। उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ। उहाँप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु।’

त्यस्तै कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पनि गणेशमानलाई ट्विटरमार्फत स्मरण गरेका छन्। उनले भनेका छन्, ‘निष्ठा, त्याग र साहसका प्रतिमूर्ति, जनआन्दोलनका सर्वोच्च कमान्डर एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा लौहपुरूष वीर गणेशमान सिंहको २३औं स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।’

प्रकाशित: Sep 18, 2020| 02:50 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।