शुक्रबार, भदौ १२, २०८३

तीन ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक ठप्प

लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

चितवन- लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अझै पनि हल्का पहिरो खसिरहेका कारण पहिरो पन्छाउन सहज नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउन बिहानभरी लाग्नसक्छ ।

पहिरो खसेसँगै बाटो अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । ६ महिनापछि खुलेका यात्रुबाहक बस पनि पहिरोमा फसेका छन् । रात्रीबस काठमाडौं छिर्न नपाउँदै पहिरोको चपेटामा परेका हुन् ।

वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।

प्रकाशित: Sep 18, 2020| 02:07 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।