शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कहाँ कहाँ हुँदैछ भारी वर्षा ? यस्तो हुनेछ सातै प्रदेशको मौसम

कहाँ कहाँ हुँदैछ भारी वर्षा ? यस्तो हुनेछ सातै प्रदेशको मौसम

मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुनेछ ।

आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

तीं स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जानेभएकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने पनि जनाएको छ । महाशाखाले सतकर्ता अपनाउन आम रुपमा अपिल गरेको छ ।

आगामी तीन दिनको मौषम

असोज २ गते

दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ३ गते
दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ४ गते
दिउँसोः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रकाशित: Sep 18, 2020| 06:43 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।