शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा महानगरले गर्‍यो ४ प्राविधिक शिक्षालयसँग सम्झौता

पोखरा महानगरले गर्‍यो ४ प्राविधिक शिक्षालयसँग सम्झौता

राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक ४ वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

पोखरा- राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक ४ वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसँग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

महानगरस्थित प्राविधिक क्याम्पसहरुको सीप, ज्ञान र जनशक्तिलाई स्थानीय तहको विकासमा जोडेर लैजाने उद्देश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो।

पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवस तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’ मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मानबहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद ह्येजु, नर्सिङ क्याम्पस प्रमुख नीता ताम्राकार र जेन्टा क्लब पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससँग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तिको सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

महानगरस्थित प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तिलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए।

महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्वन्धित क्रियाकलापमा आफूलाई जोड्दै लैजानपर्ने उनको धारणा थियो। हाललाई चारवटा शिक्षालयसँग सम्झौता पत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसँग पनि सम्झौता गरेर अगाडि बढ्ने महानगरले लक्ष्य लिएको उनले बताए।

कार्यक्रममा महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तिका लागि महानगरले शिक्षालयहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ त्यो पूरा गर्न महानगर प्रविवद्ध रहेको बताइन्।

पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुबीच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गरे।

प्रकाशित: Sep 17, 2020| 20:40 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।