शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगरका एक कोरोना संक्रमित वृद्धको आज (बिहीबार) साँझ मृत्यु भएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

विराटनगर- विराटनगरका एक कोरोना संक्रमित वृद्धको आज (बिहीबार) साँझ मृत्यु भएको छ।

विराट शिक्षण अस्पताल, बुढीगंगाको आइसोलेसनमा उपचाररत विराटनगर-१० निलसदनका ६६ वर्षीय कोरोना संक्रमित वृद्धको बिहीबार साँझ सवा ५ बजे मृत्यु भएको हो।

मृत्यु भएको करिब १५ मिनेटपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई भदौ ३० गते उपचारका लागि अस्पताल ल्याइएको उनको भनाइ छ।

यसअघि कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा विराटनगर महानगरपालिका-६ का ६६ वर्षीय वृद्धको पनि बुधबार राति मृत्यु भएको थियो। उनको पनि मृत्युपछि बिहीबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

प्रदेश १ को राजधानी विराटनगर महानगरमा मात्रै हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: Sep 17, 2020| 20:10 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।