सुर्खेत- कर्णाली प्रदेशमा आज २८ जना सुरक्षाकर्मीसहित ११४ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल र पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १०५ जना र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारी तथा स्थानीय रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए।
संक्रमितमध्ये सुर्खेतका ६४ जना, दैलेखका १८ जना, जाजरकोटका ६ जना, कालिकोटका ४ जना, डोल्पा, कैलाली र बाँकेका ३–३ जना, बर्दिया, कञ्चनपुर र अछामका २–२ जना, सल्यान, हुम्ला, जुम्ला, मुगु, पाल्पा, रोल्पा र सर्लाहीका १–१ जना छन्।
योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ३ हजार २४ जना पुगेको छ। जसमध्ये डोल्पामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। आज संक्रमण पुष्टि भएका ३ जना डोल्पाका स्थानीय छन्।
यस्तै आजै कर्णालीका विभिन्न अस्पताल र आइसोलसनबाट गरी कुल २८ डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा डिस्चार्ज हुनको संख्या २ हजार ६३३ पुगेको छ।
