शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षज्यू कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्योः वामदेव गौतम

अध्यक्षज्यू कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्योः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो कार्यकालभर राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै काम नगर्ने बताएका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो कार्यकालभर राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै काम नगर्ने बताएका छन्।

सपथ ग्रहणपछि बोल्दै उनले राष्ट्रियसभाको गरिमा बढाउनका निम्ति आफू आएको दाबी गरे।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना कुनै बेला आफ्नो कार्यकर्ता रहेको भन्दै गौतमले थपे, ‘यो सभामा उपस्थित गराएर सपथ ग्रहण गराउनु हुने अध्यक्ष ज्यू, कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो। मैले पार्टी सदस्यता प्रदान गरेको थिएँ।’

आफूले पार्टी सदस्यता प्रदान गरेको व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष हुँदा आफ्नो छाति ठूलो भएको उनले बताए।

‘संविधान बमोजिम, राष्ट्रियसभा नियमावली बमोजिम कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु,’ उनले भने, ‘जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, अखण्डताप्रति बफादार भएर कर्तव्य निर्वाह गर्नेछु।’

सपथग्रहण लगत्तै उनले राष्ट्रपति, प्रधानमन्त्री र पार्टीलाई धन्यवाद प्रकट गरे।

 

प्रकाशित: Sep 17, 2020| 18:18 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।