शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ महिनापछि भाडाको बसमा विराटनगरबाट ४० यात्रु काठमाडौंतर्फ

६ महिनापछि भाडाको बसमा विराटनगरबाट ४० यात्रु काठमाडौंतर्फ

६ महिनापछि बिहीबार ४० जना यात्रु बोकेर विराटनगरबाट ६ वटा बस काठमाडौंतर्फ गुडेका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

विराटनगर– ६ महिनापछि बिहीबार ४० जना यात्रु बोकेर विराटनगरबाट ६ वटा बस काठमाडौंतर्फ गुडेका छन्।

चार वटा माइक्रो र दुई वटा बसमा काठमाडौं गएको यातायात व्यवसायीले बताएका छन्।

बिहीबार विश्वकर्मा पूजा भएकाले थोरै सवारीसाधन चले पनि शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषाध्यक्ष राजु धमलाले बताए।

स्वास्थ्य सुरक्षा विधि अपनाएर सार्वजनिक सवारी सञ्चालनमा ल्याइएको हो।

विराटनगरबाट छुटेका सवारीमा चालक, सहचालकलाई फेससिल्ड, स्यानिटाइजर उपलब्ध गराइएको नेपाल यातायात मजदुर संघ मोरङका सहसचिव भूपाल केसीले बताए।

१८ जना क्षमताको माइक्रोमा सामाजिक दूरी पालना गर्दै बढीमा आठ जनासम्म यात्रु राखिएको केसीले बताए।

व्यवसायीका अनुसार बुटवल, धनगढी, नेपालगन्ज, काठमाडौं, वीरगन्जका लागि धमाधम टिकट बुकिङ हुन थालेको छ।

विराटनगर बसपार्कबाट पहाडी क्षेत्रसँगै छोटो र लामो दूरीका लागि करिब तीन सय ५० वटा सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

यात्रुसँग सरकारले तोकेको ५० प्रतिशत भाडा बढी लिइएको व्यवसायीले बताएका छन्। काठमाडौंसम्म हिँडेका एक यात्रुले एक हजार आठ सय रुपैयाँ भाडा तिर्नुपरेको गुनासो गरेका छन्।

प्रकाशित: Sep 17, 2020| 18:08 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।