नेपालगंज- बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपालगंज उप महानगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
बुधबार साँझ कोरोना पुष्टि भएका पुरुषलाई राति सवा १२ बजे भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो।
नेपालगंज मेडिकल कलेजबाट भेरी अस्पताल भर्ना गरिएका उनको आज (बिहीबार) साँझ सवा ५ बजे मृत्यु भएको हो।
उनमा दुबैतिरको फोक्सोको निमोनिया भएको अस्पतालले जानकारी दिएको छ।
