शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा १७१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ७१ जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ७१ जना संक्रमित थपिएका छन्।

यो दैनिक संक्रमण संख्यामा अहिलेसम्मकै उच्च हो। मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विहीबार विराटनगरमा ६५ जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन्।

मोरङको बढीगंगामा चार महिला ६ पुरुष, जहदा र कटहरीमा तीन–तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, लेटाङमा एक पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा एक–एक महिला, बेलबारी र ग्रामथानमा एक–एक पुरुष, स्थानीय तह नखुलेका एक महिला दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा तीन महिला १९ पुरुष, इटहरीमा चार महिला सात पुरुष, गढीमा दुई पुरुष, झापाको दमकमा पाँच महिला एक पुरुष, मेचीनगरमा तीन पुरुष, कनकाईका एक महिला र स्थानीय तह नखुलेका एक पुरुष, खोटाङमा एक महिला, धनकुटामा एक

पुरुष र प्रदेश १ बाहिरका एक महिला दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या पाँच हजार २७१ पुगेको छ। 

प्रदेश १ मा बिहीबार ४३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ।

प्रदेश १ मा विहिबार एक हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ। तीमध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

प्रकाशित: Sep 17, 2020| 17:45 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।